भारत-इंग्ल्याण्ड टेस्ट : ४३६ रनमा अलआउट भएको भारत पहिलो इनिङ्समा १९० रनले अगाडि

भारत-इंग्ल्याण्ड टेस्ट : ४३६ रनमा अलआउट भएको भारत पहिलो इनिङ्समा १९० रनले अगाडि

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको हैदरावादमा भएको पहिलो टेस्टको तेस्रो दिन भारतले ४३६ रन बनाएको छ।

रविन्द्र जडेजा, केएल राहुल र यशस्वी जैसवालको अर्धशतकको मद्दतले भारतले इंग्ल्याण्डमाथि १९० रनको अग्रता लिएको छ।

यशस्वी, राहुल र जडेजाले शतक प्रहार गर्न चुक्दा अजय जडेजा पनि त्यो सूचीबाट टाढा रहेनन्। उनी ८७ रनमा उनलाई जो रुटले आउट गरे।

४३६ रन बनाएको भारतको इनिङ्समा मोहम्मद सिराज अविजित रहे। यद्यपि उनले रनको खाता खोल्न भने सकेनन्।

यसअघि इंग्ल्याण्डको टोली २४६ रन बनाएर आउट भएको थियो। अब इंग्ल्याण्डले आफ्नो दोस्रो पारी थाल्नेछ।

माघ १३, २०८० शनिबार ११:३०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।