२.५ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ।
शनिबार बिहान पौने ९ बजेको तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो वर्षको हालसम्मकै कम तापक्रम हो।
उनका अनुसार यसअघि शनिबार बिहानको तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो।
बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस थियो।
तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ।
माघ १३, २०८० शनिबार ०९:२३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।