११ रन बनाउँदै गुमायो नेपालले पहिलो विकेट
काठमाडौँ : जितका लागि एक सय ४६ रनको लक्ष्य पच्छ्याउँदै ब्याटिङ गरिरहेको नेपालले ११ रन बनाउँदै पहिलो विकेट गुमाएको छ।
आइसिसी यु-१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा अहिले नेपालले अफगानिस्तानले दिएको १ सय ४६ रनको चुनौती सामना गर्दै ब्याटिङ गरिरहेको छ।
नेपाली बलरहरूको घातक बलिङ गर्दा अफगानिस्तानका खेलाडी ४०.१ ओभरमै अलआउट भएर १४५ रन मात्र बनाएका थिए। नेपालको अर्जुन कुमाल १४ बलमा १० रन बनाउँदै आउट भए। नेपालले पाँच ओभर खेलिसकेको छ।
माघ १२, २०८० शुक्रबार १७:४६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।