भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको कृषि बृहत् प्रदर्शनी, कृषीमन्त्री भन्छन्'प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव'

भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको कृषि बृहत् प्रदर्शनी, कृषीमन्त्री भन्छन्'प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव'

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका छन्।

शुक्रवारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छैटौँ तीन दिने अन्तर्राष्ट्रियस्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनीको उद्घाटन गर्दै उनले इतिहासदेखि नै कृषि क्षेत्रमा अटोमेटिक मेसिनहरूको प्रयोग हुँद आइरहेकाले प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव हुने बताए।

‘आजसम्म आइपुग्दा अटोमेटिक मेसिनहरुको प्रयोग हुँदै आएको छ। यो इतिहासलाई हेर्दा यही नै देखिन्छ। प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ। त्यसकारण कृषिमा प्रविधि प्रयोग गर्ने यो प्रदर्शनी सफलता होस भन्ने कामना गर्दछु।’

उनले प्रदर्शनीमार्फत उत्पादकत्व वृद्धि गर्ने र र लागत खर्च घटाउने काममा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ। कृषि यन्त्र, कृषि बीउ बिजन, डेरी, पोल्ट्री, खाद्यलगायत प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा एक सय बढी स्टल छन्।

माघ १२, २०८० शुक्रबार १७:३३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।