आठ विकेट गुमाएको अफगानिस्तानले बनायो १२२ रन
काठमाडौँ : आइसिसी यु-१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा बलिङ पाएको नेपालले अफगानिस्तानको ८ विकेट लिइसकेको छ।
अफगानिस्तानको १५ ओभरमै ६४ रन बनाउँदा ६ विकेट गुमेको थियो। ३० ओभर कटाउँदा विकेट सङ्ख्या ८ पुगेको छ भने रन एक सय २२ पुगेको छ।
अफगानिस्तानले आठ विकेट गुमाउँदा सय रन छुन सकेको थिएन। नेपाली बलरहरूको घातक बलिङ सामु अफगानिस्तानका ब्याटरहरु निरीह देखिए।
नेपाल अनि अफगानिस्तान दुवैले अहिलेसम्म कुनै जित निकाल्न सकेका छैनन्। आजको प्रतियोगिता जसले जित्छ उ सुपर सिक्समा पुग्नेछ भने हार्ने टिम १३औ स्थानका लागि खेल्ने छ।
माघ १२, २०८० शुक्रबार १६:४६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।