यु-१९ आईसीसी विश्वकपमा नेपालले टस हार्‍यो, टोलीमा दुई परिवर्तन

यु-१९ आईसीसी विश्वकपमा नेपालले टस हार्‍यो, टोलीमा दुई परिवर्तन

काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु-१९ आईसीसी विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेको छ।

इस्ट लण्डनस्थित बफेलो पार्कमा अफगानिस्तानका कप्तान नसीर खान मारुफखिलले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका छन्।

नेपालले पाकिस्तानविरुद्धको पहिलो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ।

विकेटकिपर उत्तम राना मगर र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीबाट बाहिरिँदा मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग-स्पिनर तिलक भण्डारी फर्किएका छन्।

समूह ‘डी’को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।

यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ। 

प्रत्येक समूहका शीर्ष ३-३ टोली सुपर सिक्समा पुग्नेछन्। समूह ‘डी’ को शीर्ष ३ टोलीले भारत रहेको समुह ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

माघ १२, २०८० शुक्रबार १३:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।