काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धुलिखेल : काभ्रेको बनेपामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७० प ३७७९ नम्बरको मोटरसाइकल बनेपा  नगरपालिका–७ धनेश्वर पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बनेपा-८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको उपचारको क्रममा सिर मेमोरियल अस्पतालमा राति पौने १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।

मोटरसाइकल ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ।

माघ १२, २०८० शुक्रबार ०९:३२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।