मुलपानीबाट कीर्तिपुरमा सारिएको खेलमा पुलिसविरुद्ध कर्णालीले टस जित्यो
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध कर्णाली प्रदेशले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा कर्णालीका कप्तान रविन्द्र शाहीले टस जितेर पहिला ब्याटिङको निर्णय गरेका हुन्।
यसअघि मुलपानी मैदानमा हुने भनिएको खेल अन्तिम समयमा आएर कीर्तिपुरमा सारिएको थियो।
पुलिस र कर्णालीबीच अहिलेसम्म भएका तीन खेलमा दुई खेल पुलिसले जितेको छ।
जारी प्रतियोगितामा पुलिस पाँच खेलमा १० अंकसहित शीर्ष स्थानमा हुँदा छ खेलमा ६ अंकसहित कर्णाली सातौं स्थानमा छ।
माघ १२, २०८० शुक्रबार ०९:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।