लक्ष्मी सनराइजले डिजिटल बैङ्किङ सुविधाका लागि ल्यायो ओरेन्ज एनएक्सटी
काठमाडौँ : लक्ष्मी सनराइज बैङ्कले डिजिटल बैङ्किङ सेवा ओरेन्ज एनएक्सटीको सुरुवात गरेको छ। बैङ्कले एफवानसफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा ओरेन्ज एनएक्सटीको सुरु गरेको हो।
ओरेन्जएनएक्सटीले मोबाइल बैङ्किङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखी लिएर मुद्दती खाता, गोल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
नेपालको डिजिटल बैङ्किङको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुङा साबित हुने बैङ्कले दाबी गरेको छ।
परम्परागत मोबाइल बैङ्किङ सेवालाई समेत समानान्तर रूपमा विकास गर्दै, ओरेन्स एनएक्सटी मार्फत बैङ्किङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैङ्किङ सेवा प्रदान गरिने बैङ्कले जानकारी दिएको छ।
ओरेन्स एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैङ्किङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्स एनएक्सटीको विकास गरिएको हो।
माघ ११, २०८० बिहीबार २२:२०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।