ललितपुरमा इन्भेष्टमेन्टको दुई नयाँ शाखा, देशैभरि २ सय ६६ पुग्यो

ललितपुरमा इन्भेष्टमेन्टको दुई नयाँ शाखा, देशैभरि २ सय ६६ पुग्यो

काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ललितपुरमा २ वटा नयाँ शाखा विस्तार गरेको छ।

ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैंसेपाटी शाखा बिहीबारदेखि सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवाहरू सुरु भएको बैङ्कले जनाएको छ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका थिए।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई गुणस्तरीय बैङ्किङ सेवा तथा सुविधाहरू दिने बताएका थिए। बैङ्कले हालसालै बाराको सिमरा, काठमाडौँको शंखमुल र अनामनगरमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको थियो।

बैङ्कले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैङ्किङ र २५७ वटा एटिएम मार्फत बैंकिङ सेवा दिइरहेको छ।

माघ ११, २०८० बिहीबार २२:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।