राष्ट्रिय सभा निर्वाचनमा खस्यो ९९.३२ प्रतिशत मत

राष्ट्रिय सभा निर्वाचनमा खस्यो ९९.३२ प्रतिशत मत

काठमाडौं : राष्ट्रिय सभाका १९ सिटका लागि भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एक सय प्रतिशत र सुदूरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको हो।

उनले सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गर्दा ९९.३२ प्रतिशत मत खसेको बताए।

निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

माघ ११, २०८० बिहीबार १८:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।