फ्लोर क्रस भए पनि कोशीमा जोगिए सिटौला

फ्लोर क्रस भए पनि कोशीमा जोगिए सिटौला

कोशी : राष्ट्रिय सभाको निर्वाचनमा फ्लोरक्रस भए पनि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कृष्ण सिटौला निर्वाचित भए। कोशीमा उनी अन्य कोटाबाट उम्मेदवार बनेका थिए। महिला कोटामा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की करिब सय मतभारले पराजित हुँदा सिटौला  ७ सय ३० बढी मतभार ल्याएर निर्वाचित भए।

सिटौला कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा उम्मेदवार बनेका थिए।  उता कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेर महिलामा एमालेकी रुक्मिणी कोइराला र अन्यमा उद्धव पौडेललाई उम्मेदवार बनाएको थियो। रुक्मिणीको हकमा विजयी हुन पुग्ने मत क्रस भयो। उद्धवको पक्षमा पनि सत्ता गठबन्धनको मतक्रस भएको देखियो। तर क्रस मत विजयी हुन पर्याप्त भएन।

माघ ११, २०८० बिहीबार १८:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।