कोशीमा सत्ता गठबन्धनलाई धक्का, एमालेकी कोइराला निर्वाचित, मधेस र गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

कोशीमा सत्ता गठबन्धनलाई धक्का, एमालेकी कोइराला निर्वाचित, मधेस र गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ :  कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। राप्रपाको समर्थनमा एमालेबाट उम्मेदवार बनेकी कार्कीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी कार्कीलाई करिब एक सय मतभारले  हराइन्।

कोइरालाले ५ हजार ८६ मतभार पाएर निर्वाचित हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन पाएकी कार्कीले ४ हजार ९ सय ९२ मतभार पाएकी थिइन्। गठबन्धनबाट अर्का उम्मेदवार कृष्ण सिटौला छन्। सिटौलाको हकमा समेत फ्लोरक्रस भए उनी पराजित हुने जोखिम देखिन्छ।

मधेस प्रदेश र लुम्बिनीबाट भने सत्ता गठबन्धनकै उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र पूजा चौधरी विजयी भए।

अन्य कोटाबाट उम्मेदवार बनेका  ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार पाउँदा महिला कोटातर्फकी गठबन्धनकी उम्मेदवार चौधरीले ७ हजार ९ सय २३ मतभार पाएकी थिइन्। लुम्बिनी प्रदेशबाट महिला कोटामा नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा २ हजार ७ सय ५६ मत ल्याएर विजयी भइन्। अन्य कोटाबाट माओवादी केन्द्रका झक्कु सुवेदी २ हजार सात सय ५६ मत पाएर विजयी भए।

गण्डकीको ३ सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन्।

माघ ११, २०८० बिहीबार १७:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।