कोशीमा सत्ता गठबन्धनको फ्लोर क्रस, चम्पादेवीलाई हराउँदै एमालेकी रुक्मणी निर्वाचित

कोशीमा सत्ता गठबन्धनको फ्लोर क्रस, चम्पादेवीलाई हराउँदै एमालेकी रुक्मणी निर्वाचित

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोशी प्रदेशमा एमाले उमेदवार रुक्मणी कोइराला विजयी भएकी छिन्।

फ्लोर क्रस गरेर गठबन्धनकै उमेदवारले मत दिएपछि स्पष्ट जितको अंकगणितमा रहेको माओवादी केन्द्रकी उमेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन्।

कोइरालालाई गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरेर मतदान गरे।

९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ। स्थानीय तहका १३१ जनाले मतदान गरेका छन्। स्थानीय तर्फका १६ जनाले फ्लोर क्रस गरेका छन्। प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्। राप्रपासँगको तालमेल भएपनि कोइरालाको गठबन्धनसँग जितको अंकगणित थिएन।

कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन्।

माघ ११, २०८० बिहीबार १७:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।