राष्ट्रिय सभा निर्वाचनमा मेयर साम्पाङले मतदान नगर्ने

राष्ट्रिय सभा निर्वाचनमा मेयर साम्पाङले मतदान नगर्ने

काठमाडौं : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले भाग नलिने भएका छन्।

कार्य व्यस्तताको कारण देखाउँदै मेयर साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन्।

उनले भने, 'म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ।'

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा आज बिहान ९ बजेदेखि मतदान जारी छ। दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

कोशी प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ। कार्यालयका अनुसार, १३७ स्थानीय तह तर्फका १० जनाले मतदान गर्न बाँकी छ।

माघ ११, २०८० बिहीबार १४:३१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।