संविधानको पालना र गणतन्त्रलाई संस्थागत गर्नु सबैको दायित्व : प्रधानमन्त्री प्रचण्ड

संविधानको पालना र गणतन्त्रलाई संस्थागत गर्नु सबैको दायित्व : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगको दायित्व भएको बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको हो।’

प्रधानमन्त्री प्रचण्डले संविधान र कानूनको पालना गराउनमा पूर्व न्यायाधीशहरूको भूमिका समेत महत्वपूर्ण रहने बताए।

माघ ११, २०८० बिहीबार १४:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।