राष्ट्रिय सभा सदस्य निर्वाचन : कर्णालीमा मतदान जारी

राष्ट्रिय सभा सदस्य निर्वाचन : कर्णालीमा मतदान जारी

सुर्खेत : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान जारी छ।

मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन्। मतदानका लागि दुईवटा मतदान केन्द्रमा ६ वटा बाकस राखिएको छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार सङ्ख्या छ।  एमालेको मतभार सङ्ख्या एक हजार १९५ मात्रै छ।

१९६ मतदाता संख्या रहेकाे कर्णालीमा हालसम्म प्रदेश सभा ३५ तर्फ र स्थानीय तर्फ १४१ मत खसिसकेकाे सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलले जानकारी दिए।

उनका अनुसार मतदान गर्ने समय साँझ ३ बजेसम्म रहेकाे र ४ बजेपछि मात्रै मतगणना हुनेछ।

११ माघ, २०८०, ११:२६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।