भरतपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

भरतपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं : चिवतनको भरतपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२ लिलाचोकमा पुलचोकबाट पोखरा बसपार्क जाँदै गरेको ना ५ ख ७५०६ नम्बरको ट्रकले साँझ साढे पाँच बजे पैदल यात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएकी धादिङ निलकण्ठ नगरपालिका-७ घर भई चितवनमा डेरा गरी बस्ने ३७ रस्मिता रम्तेलको जिल्ला अस्पतालमा मृत्यु भएको हो।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

माघ ११, २०८० बिहीबार ११:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।