अयोध्यामा राम मन्दिर खुलेको पहिलो दिनमै पाँच करोड दान संकलन

अयोध्यामा राम मन्दिर खुलेको पहिलो दिनमै पाँच करोड दान संकलन

एजेन्सी : सोमबार प्राणप्रतिष्ठा गरिएको अयोध्याको राम मन्दिरमा दोस्रो दिन पनि ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन्।

बुधबार श्रीराम मन्दिरमा दर्शनका लागि साढे दुई लाखभन्दा बढी श्रद्धालु पुगेका थिए।

पहिलो दिन २३ जनवरीमा पहिलो पटक सर्वसाधारणका लागि यो मन्दिर खोल्दा यहाँ तीन करोड १७ लाख भारु अर्थात पाँच करोड ७ लाख २० हजार नेपाली रुपैयाँ दान संकलन भएको थियो।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत त्यति दान रकम संकलन भएको हो।

राज्य सरकारद्वारा जारी विज्ञप्तिमा, जिल्ला मजिस्ट्रेट नितिश कुमारले भने, ‘अभिषेक समारोहको दोस्रो दिन बुधबार राति १० बजेसम्म २.५ लाख भन्दा बढी भक्तहरूले मन्दिरको दर्शन गरे।’

पहिलो दिन पाँच लाख मानिसले दर्शन गरेका थिए।

माघ ११, २०८० बिहीबार ११:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।