यू-१९ विश्वकपमा आज दुई खेल हुँदै
काठमाडौं : दक्षिण अफ्रिाकामा जारी यू–१९ विश्वकपमा आज दुई खेल हुँदैछ।
आज समूह ‘ए’ अन्तर्गत भारत र आयरल्याण्ड भिड्दै गर्दा समूह ‘सी’ अन्तर्गत अस्ट्रेलिया र जिम्बावेले प्रतिस्पर्धा गर्नेछन्।
खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
त्यसअघि हिजो भएका खेलहरूमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ५ विकेटले, श्रीलंकाले नामिबियालाई ७७ रनले र पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो।
१६ देश सहभागी यू-१९ विश्वकपमा नेपाल समूह ‘डी’मा छ। सो समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन्।
नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार दिउँसो पौने २ बजे अफगानिस्तानसँग खेल्दैछ।
सुपर सिक्समा जान नेपालले उक्त खेल जित्नैपर्ने हुन्छ।
माघ ११, २०८० बिहीबार ०९:२७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।