लक्ष्मी सन्राइज बैंकले  नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै

लक्ष्मी सन्राइज बैंकले  नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै

काठमाडौं : लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’को थालनी  गरेको छ।

एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटी सँगको सहकार्यमा सुरू गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरू प्रदान गर्नेछ।

लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको  डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओरेन्जएनएक्सटी कोशेढुङा साबित हुनसक्छ।

परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्नेछ।

फोनएनएक्सटी का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्जएनएक्सटीको विकास गरिएको हो।

परिकल्पनात्मक सोचबाट प्रेरित यसले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकको अपेक्षा पूरा गर्ने उनको विश्वास छ।

माघ ११, २०८० बिहीबार ०८:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।