आजको मौसम : पहाडी भेगमा हल्का वर्षा हुने

आजको मौसम : पहाडी भेगमा हल्का वर्षा हुने

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मधेश प्रदेशका धेरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। 

पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ ११, २०८० बिहीबार ०७:३८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।