बेभरेज नेपाल र सेन्टर फर इन्टिग्रेटेडको सहकार्यमा बालाजु पार्कमा ग्राउण्डवाटर रिचार्ज प्रणाली जडान, महानगरलाई हस्तान्तरण

बेभरेज नेपाल र सेन्टर फर इन्टिग्रेटेडको सहकार्यमा बालाजु पार्कमा ग्राउण्डवाटर रिचार्ज प्रणाली जडान, महानगरलाई हस्तान्तरण

काठमाडौँ : कोका–कोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा निर्माण गरेको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

काठमाडौँको बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोललाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटर एड नेपालले संयुक्तरुपमा गरेको हो।

सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो। रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन्।

उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो। यस प्रणालीले वार्षिक लगभग ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानीको मात्रा बढाउन मद्दत गर्ने अनुमान छ।

कार्यक्रममा उपमेयर डङ्गोलले काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरू कायम राख्ने बताएकी थिइन्।

माघ १०, २०८० बुधबार १८:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।