उदयपुर सिमेन्ट उद्योगका ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा, तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल पनि

उदयपुर सिमेन्ट उद्योगका ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा, तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल पनि

काठमाडौं : उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरिएकाहरूमा महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, नवौं तहका अधीकृत डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल तथा तत्कालीन प्राविधिक निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्ले छन्।

भेरियवल फ्रिक्वेन्सी ड्राइभ ‘भीएपडी’ खरिद गर्दा आवश्यक र औचित्य नभएको खरिदमार्फत भुक्तानी समेत गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो।

अख्तियारले खरिद गरिएको १६० किलोवाट भीएफडी प्यानल खरिद गरेको पाँच वर्षसम्म परीक्षण समेत नगरेको दाबी गरेको छ। अख्तियारले उनीहरू विरुद्ध २२ लाख ७८ हजार ३०५ रूपैयाँ ६० पैसा विगो कायम गरी दोब्बर जरिवाना माग गरेको छ।

महाप्रबन्धक पौडेललाई भने थप सजाय समेत माग गरेको छ।

१० माघ, २०८०, १८:४६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।