प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको फराकिलो जीत, कोशीको लगातार आठौँ हार

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको फराकिलो जीत, कोशीको लगातार आठौँ हार
तस्बिर : क्यानको फेसबुकबाट !

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ।

बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशी प्रदेशलाई ८ विकेटले गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको छ।

कोशी प्रदेशको लगातार आठौँ हार हो।

कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिम प्रदेशले २१.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।

पहिले ब्याटिङ गर्दा कोशीका मिनास थापाल २६ रन बनाउँदा कप्तान अंकित सुवेदीले २२ रन जोडे।

त्यस्तै, कमल खत्रीले १८ तथा फिर्दोश अन्सारीले १३ रन बनाए। सुदूरपश्चिम प्रदेशका शेर मल्लले ५ तथा विकास अग्रीले ४ विकेट लिए।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जिताउन नरेन भट्टले नटआउट ५४ रनको अर्धशतकीय पारि खेल्दा प्रकाश पाण्डेले नटआउट ३४ रनको योगदान गरे। कप्तान राजु रिजाल २१ तथा खडक बोहोरा ९ रनमा आउट भएका थिए।

कोशीका फिर्दोश अन्सारीले दुवै विकेट लिएका थिए।

माघ १०, २०८० बुधबार १५:३४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।