प्रधानमन्त्री कपमा पुलिसको लगातार पाँचौं जित, मधेश ६ विकेटले पराजित
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाचौं जित निकालेको छ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले दिएको ९७ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाउँदै ६ विकेटको जित निकाल्यो।
उसका लागि सुनिल धमलाले २८ रन बनाउँदा कुशल भुर्तेल १९, अर्जुन साउद ७, दिलिप नाथ ४ रन बनाएर आउट भएका छन्।
अमित श्रेष्ठ र आरिफ शेखले क्रमशः १५ र १६ रन बनाएर अविजित रहे। मधेशका रञ्जित कुमार र अरनिको यादवले समान दुई-दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको मधेशले २४ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो।
उसका लागि अरनिको यादवले २३, कप्तान हरिशंकर शाहले २२ र अभिषेक तिवारीले अविजित ११ रन लिए।
पुलिसका सागर ढकालले पाँच विकेट लिँदा ललित राजवंशीले चार र रशिद खानले एक विकेट लिए।
जितसँगै पुलिस पाँच खेलमा १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। पराजित मधेश सात खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ।
माघ १०, २०८० बुधबार १३:०२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।