सुनको भाउ चार दिनदेखि स्थिर, चाँदीको मूल्य भने बढ्यो

सुनको भाउ चार दिनदेखि स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा बुधबार चाँदीमा तोलाको १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य आइतबारदेखि आजसम्म समान छ।

चाँदीको मूल्य भने बुधबार १ हजार ३८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

माघ १०, २०८० बुधबार १०:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।