ट्याक्टरले दुई मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

ट्याक्टरले दुई मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

सिन्धुली : जिल्लाको कमलामाई नगरपालिका-९ कोरुङखोलामा ट्याक्टरले दुई मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मदन भण्डारी राजमार्गमा डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्र. २-०४-००१ त ००१० नम्बरको ट्याक्टरले विपरीत दिशा रौतहटबाट डकाहा तर्फ जाँदै गरेको बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल र सोहि दिशा रौतहटबाट डकाहा तर्फ जादै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन्।

मृत्यु हुनेमा बा.५८ प ९१४१ नम्बरको मोटरसाइकल चालक रौतहटको गजुरा नगरपालिका-२ बस्ने ६३ वर्षीय रने तामाङ रहेका छन्। दुर्घटनामा टाउको र अनुहारमा चोट लागेर गम्भीर भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति साढे १० बजे मृत्यु भएको हो।

यस्तै ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक मकवानपुरको गढी नगरपालिका-२ बस्ने बर्ष ६३ को विष्णुबहादुर थिङको दाहिने खुट्टामा सामान्य चोट लागेर घाइते भएका छन्।

दुवै मोटरसाइकल, ट्रयाक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएर राखेको छ।

माघ १०, २०८० बुधबार ०९:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।