यू–१९ विश्वकपमा न्युजिल्याण्डको दोस्रो जित, नेपाललाई सहज

यू–१९ विश्वकपमा न्युजिल्याण्डको दोस्रो जित, नेपाललाई सहज

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा  न्युजिल्याण्डले अफगानिस्तानलाई १ विकेटले हराएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको पहिलो खेलमा उसले  नेपाललाई सहजै पराजित गरेको थियो। दोस्रो खेलमा भने रोमाञ्चक जीत निकाल्यो।

अफगानिस्तानको यो दोस्रो हार हो। अङ्क गणितका हिसाबमा न्युजिल्याण्डले दोस्रो खेल जित्दा नेपाललाई सहज देखिन्छ। नेपालले आगामि खेल खेल्ने टिम बलिया छन्। मङ्गलवार टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २१.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ९१ रन बनाएको थियो। अफगानिस्तानका जमसेद जर्दानल सर्वाधिक २२ रन बनाउँदा अरब गुलले १० रन जोडेका थिए।

न्युजिल्याण्डका म्याट रोवेले सर्वाधिक ५ विकेट लिए। एडवाल्ड सेरुडर र रियान टसरगसले दुई दुई विकेट लिएका थिए। ओस्कार ज्याकसनले १ विकेट लिए।

९२ रनको झिनो लक्ष्य पच्छ्याए पनि न्युजिल्याण्डले सहजै जीत निकाल्न सकेन। अफगानिस्तानको धारिलो बलिङका अगाडि जित निकाल्न न्युजिल्याण्डलाई हम्मेहम्मे परेको थियो। उसले २८.२ ओभरमा ९ विकेट गुमाएर जित निकालेको थियो।

न्युजिल्याण्डको कप्तान ओसकार ज्याक्स्नले बनाएको २६ रन नै सर्वाधिक भयो। लेचलन स्टेकपोलले १२ रन जोडेका थिए।

रोवि फल्क्सले ८ रन बनाउँदा साम क्लोडले ७ रन बनाएका थिए। ज्याक कुमिङ र एडवाल्ड सरुडेर पाँच-पाँच रनमा आउट हुँदा म्यान रोवे ५ रनमा नटआउट रहे।

अफगानिस्तानका एएम गजनफरले सर्वाधिक ३ विकेट लिँदा खलिल अहमद र अरब गुलले दुई दुई विकेट लिएका थिए।

माघ ९, २०८० मंगलबार २२:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।