सीमा सुरक्षा सुरक्षामा सशस्त्र प्रहरीलाई साधन सम्पन्न बनाउने प्रधानमन्त्रीको आश्वासन

सीमा सुरक्षा सुरक्षामा सशस्त्र प्रहरीलाई साधन सम्पन्न बनाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमा सुरक्षामा सशस्त्र प्रहरी बललाई स्रोत साधन सम्पन्न बनाउने बताएका छन्।

सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले बलले गरेको प्रस्ताव अनुसार सीमा विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए

बलले सबै प्रकारका जिम्मेवारीहरूमा अदम्य साहस, इमानदारी एवं व्यावसायिकताका साथ सम्पादन गरिरहेकामा आफू जानकार रहेको उनले बताए।

‘सीमा सुरक्षाका साथै राजस्व सङ्कलनमा पुर्याएको योगदान, महत्त्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्दछु’ उनले भने।

उनले सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्ति विकास एवं प्रोत्साहनमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको समेत बताए।

उनले आफू प्रधानमन्त्री भएपछि करिब छ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको र बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत दिएको बताए।

प्रधानमन्त्री प्रचण्डले सङ्गठनमा आबद्ध अधिकृत र जवानहरूको वृत्ति विकास, सेवा सुविधा, सुरक्षा, हातहतियार र अन्य लजिष्टिक सामग्रीहरूको उपलब्धता सरकारले उच्च प्राथमिकतामा दिने बताएका थिए।

माघ ९, २०८० मंगलबार २२:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।