भद्रपुरबाट ‘संवाद यात्रा’मा निस्किँदै गगन थापा

भद्रपुरबाट ‘संवाद यात्रा’मा निस्किँदै गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भद्रपुरबाट ‘संवाद यात्रा’मा निस्कने भएका छन्।

माघ १३ गते झापाको भद्रपुर–५ मेचीपुलबाट सुरू हुने संवाद यात्राका क्रममा उनी वडा तहसम्म पुग्न लागेका हुन्।

‘संवाद यात्रा। अब तपाईंसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा,’ उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्।

थापाले 'समुदायसँग कांग्रेस' अभियानको अवसरमा संवाद यात्रा गर्ने तयारी भएको बताए।

‘समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नम्बर ५ मेचीपुल भन्सारबाट तपाईंसँगको संवाद यात्रामा हुने छु,’ उनले भने।

कांग्रेसले पहिलो चरणको समुदायमा कांग्रेस अभियान अन्तर्गत माघ २६ सम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। दोस्रो चरणको कार्यक्रम पार्टी महासमिति बैठकपछि हुने कांग्रेसले जानकारी दिएको छ।

पार्टीले पाँच महत्त्वपूर्ण उद्देश्य राखेर अभियान सञ्चालन गर्ने जानकारी दिएको छ।

माघ ९, २०८० मंगलबार १८:४७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।