इजरायली सेनाले भन्यो- गाजामा २१ सैनिकको मृत्यु भयो

इजरायली सेनाले भन्यो- गाजामा २१ सैनिकको मृत्यु भयो

एजेन्सी : इजरायलको सेनाले गाजामा आफ्ना २१ सैनिकको मृत्यु भएको जनाएको छ।

हमासविरुद्ध आक्रमणमा उत्रिएको इजरायली सेनाका लागि यो ठूलो धक्का हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता ड्यानियल हजारीले रकेट आक्रमण सैनिकहरू बस्ने दुईवटा भवन नजिक भएको अनुमान गरिएको बताए।

इजरायली सुरक्षा बलले भवन भत्काउने उद्देश्यले राखेको डाइनामाइटका कारण भवनमा विष्फोट भएको उनले बताए।

आइडीएफले घटनाको बारेमा थप जानकारी सङ्कलन गरिरहेको बताएको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही गरिरहेको छ।

इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो अभियान जारी रहने जनाएको छ। अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १३०० जनाको ज्यान गएको थियो।

त्यसयता इजरायली आक्रमणमा २५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।

माघ ९, २०८० मंगलबार १४:४५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।