बर्लिन फिल्म फेस्टिभलमा छानियो मीनको फिल्म ‘साम्बाला’

बर्लिन फिल्म फेस्टिभलमा छानियो मीनको फिल्म ‘साम्बाला’

काठमाडौं : बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा निर्देशक मीन भामको फिल्म ‘साम्बाला’ छनोट भएको छ।

फिल्म फेस्टिभलमा आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै नेपालकोतर्फबाट मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो।

फिल्ममा हराएको श्रीमानको खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरू दुवैको जीवनमा आउने परिवर्तनलाई प्रस्तुत गर्न खोजिएको छ।

निर्देशक मीनले यो फिल्म बनाउन आफूलाई ८ वर्ष लागेको र कोभिडसँगै आर्थिक अभावका कारण फिल्म निर्माणमा ढिलाई भएको बताए।

डोल्पाको ४ हजार मिटर माथिको उचाइमा खिचिएको यस फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख भूमिकामा रहेको छ।

फिल्मलाई निर्देशक मीन र अविनाशविक्रम शाहले लेखेका हुन्।

माघ ९, २०८० मंगलबार १४:०७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।