राम मन्दिरको अभिषेक गरेकोमा मोदीलाई देउवाको बधाई

राम मन्दिरको अभिषेक गरेकोमा मोदीलाई देउवाको बधाई

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई। पवित्र जीवन अभिषेक समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। जय श्री राम!’

सोमबार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भइरहेको तस्बिर पनि बाहिर आएको छ।

राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ। मन्दिरमा आज बिहानैदेखि भीड लागेको छ भने दर्शनका लागि भक्तजनको भीड लागेको छ।

माघ ९, २०८० मंगलबार १३:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।