भरतपुरमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, तीनमध्ये एक घाइतेको अवस्था गम्भीर

भरतपुरमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, तीनमध्ये एक घाइतेको अवस्था गम्भीर

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

वडा नम्बर २९ दासढुङ्गामा ना५९प २६२१ नम्बरको मोटरसाइकल र ना६५प ७२२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो। दुवै मोटरसाइकलमा दुई-दुई जना सवार थिए।

मृत्यु हुनेमा ना६५प ७२२५ नम्बरको मोटरसाइकल चालक भरतपुर-७ बस्ने ४० वर्षीय प्रकाशबाबु थापा रहेका छन्। दुर्घटनास्थलमा घाइते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

दुर्घटनामा भरतपुर-७ का ५८ वर्षीय तिलक बहादुर थापा, ना५९प २६२१ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१३ का २२ वर्षीय सुदर्शन आचार्य र पछाडी सवार सोही ठाउँ बस्ने ४४ वर्षीया सावित्री आचार्य घाइते भएका छन्।

घाइतेमध्ये सुदर्शनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि  राति ११ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ।

माघ ९, २०८० मंगलबार १०:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।