प्राणप्रतिष्ठापछि अयोध्याको राम मन्दिर सर्वसाधारणका लागि खुला, तीन बजेदेखि सर्वसाधारणको भीड
एजेन्सी : अयोध्याको राम मन्दिरमा रामललाको मूर्तिको अभिषेकपछि मंगलबार सर्वसाधारणका लागि मन्दिर खोलिएको छ।
बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ। मन्दिरको ढोका खुल्ने बित्तिकै मानिसहरूले श्रीरामको दर्शन गरेका थिए।
प्राणप्रतिष्ठापछि मंगलबार बिहान राम मन्दिरमा पहिलो पटक आरती गरिएको छ। दर्शनका लागि मानिसको भीड लागेको छ र त्यसका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ।
सरयु नदीमा नुहाउन पनि ठूलो संख्यामा मानिसहरू आएका छन्। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामलल्लाको अभिषेक गरेका थिए।
यस अवसरमा देशका धेरै प्रतिष्ठित व्यक्तित्वहरू अयोध्या पुगेर समारोहमा सहभागी भएका थिए।
माघ ९, २०८० मंगलबार १०:१९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।