भायानेटले सार्वजनिक गर्‍यो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना

भायानेटले सार्वजनिक गर्‍यो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना

काठमाडौं : भायानेट कम्युनिकेसनले नेपालमा पहिलो पटक ‘बाइ वान गिफ्ट वान फ्री’ योजा सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत नयाँ जडान र नवीकरण गर्ने ग्राहकले एउटा किन्दा १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सकिनेछ भने बदलामा थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ।

एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नुहुनेछ जुन आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नेछन्। गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७००+ भ्याट बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन्।

उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ । जसको मूल्य मात्र  रु.२७००+भ्याट पर्नेछ।

माघ ९, २०८० मंगलबार ०९:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।