अमेरिका र बेलायतद्वारा हुथी विद्रोहीमाथि दोस्रो हवाई आक्रमण सुरू

अमेरिका र बेलायतद्वारा हुथी विद्रोहीमाथि दोस्रो हवाई आक्रमण सुरू

एजेन्सी : अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरू गरेका छन्।

पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ, जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी क्षमताहरू समावेश छन्।

इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा रहेका इजरायल र पश्चिमी देशहरूसँग जोडिएका जहाजहरूलाई निशाना बनाएका छन्।

अमेरिका र बेलायतले ‘सामानको स्वतन्त्र आवतजावत’को रक्षा गर्न प्रयास गरिरहेको बताएका छन्।

पेन्टागनले जारी गरेको संयुक्त विज्ञप्तिमा हुथी विद्रोहीहरू विरुद्ध ‘आवश्यक आक्रमणको नयाँ चरण’ सुरू गरिएको छ।

विज्ञप्तिमा भनिएको छ- ‘हाम्रो उद्देश्य तनाव कम गर्नु र लाल सागरमा स्थिरता पुनर्स्थापित गर्नु हो, हामी मानव जीवन बचाउन र सामानको स्वतन्त्र आवतजावतको सुरक्षा गर्न नहिचकिचाउने चेतावनी दिन चाहन्छौँ। निरन्तर धम्कीको बावजुद, हामी यस महत्त्वपूर्ण जलमार्गमा जीवन र व्यापारको स्वतन्त्र प्रवाहको रक्षा गर्नेछौँ।’

बेलायत र अमेरिकाबीचको दोस्रो संयुक्त अभियानमा यमनमा हुथी विद्रोहीमाथि आठौं हवाई आक्रमण हो। जनवरी ११ मा दुवै देशले पहिलो पटक हमला सुरु गरेका थिए।

यस हवाई आक्रमणलाई अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डले समर्थन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

माघ ९, २०८० मंगलबार ०८:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।