यु-१९ विश्वकपमा दुई खेल हुँदै, समूह ‘डी’को न्यूजिल्याण्ड र अफगानिस्तान भिड्दै

यु-१९ विश्वकपमा दुई खेल हुँदै, समूह ‘डी’को न्यूजिल्याण्ड र अफगानिस्तान भिड्दै

काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपमा आज दुई खेल हुँदैछन्।

आज समूह ‘बी’ अन्तर्गत दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच पोचेफस्ट्रोममा खेल हुँदा समूह ‘डी’को अफगानिस्तान र न्यूजिल्याण्डबीच इस्ट लण्डनको बफेलो पार्कमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे खेल हुँदैछ।

विश्वकपमो उद्घाटन खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्दा इंग्ल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको हो।

यता समूह ‘डी’मा अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने न्यूजिल्यान्डले नेपाललाई स्तब्ध बनाएको थियो।

समूह ‘डी’मा पाकिस्तान शीर्ष स्थानमा रहँदा न्यूजिल्याण्ड दोस्रो, नेपाल तेस्रो र अफगानिस्तान चौथो स्थानमा छ।

१६ टोली सहभागी विश्वकपमा चार टोली सहभागी चार समूह छन्। जसबाट तीन–तीन टिमले सुपर सिक्सको लागि खेल्नेछन्।

माघ ९, २०८० मंगलबार ०८:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।