प्रधानमन्त्री कपमा आज तीन खेल

प्रधानमन्त्री कपमा आज तीन खेल

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछ।

दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लबीच विहान ९ बजे भैरहवाहिस्थत सिद्धार्थनगर रंगशलामा खेल हुँदैछ।

यस्तै, बागमती र गण्डकीबीच कीर्तिपुर र कर्णाली र कोशीबीच मुलपानी क्रिकेट मैदानमा विहान सवा ९ बजे खेल हुँदैछ।

सोमबारको खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई ५८ रनले पराजित गर्दा मधेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले स्तब्ध बनाएको थियो। यस्तै बागमतीले कर्णालीलाई सात विकेटले हराएको थियो।

प्रधानमन्त्री कपमा चार खेलबाट आठ अंक जोड्दै नेपाल पुलिस क्लब अंकतालिकाको शीर्ष स्थानमा छ। बागमती ६ खेलबाट आठ अंक जोड्दै दोस्रो स्थानमा रहँदा समान अंक भएको मधेश तेस्रो स्थानमा छ।

६ अंकसहित सुदूरपश्चिम चौथो स्थानमा रहँदा आर्मी ४ अंकसहित पाचौं स्थानमा छ। समान चार अंक रहेको एपीएफ छैटौं र कर्णाली सातौंमा हुँदा गण्डकी र लुम्बिनी क्रमशः आठौं र नवौं स्थानमा छ।

छ खेल खेल्दा कोशी भने जितविहीन हुँदै पुच्छारमा छ।

माघ ९, २०८० मंगलबार ०८:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।