मौसम पूर्वानुमान महाशाखाले भन्यो- 'तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहन्छ'

मौसम पूर्वानुमान महाशाखाले भन्यो- 'तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहन्छ'

काठमाडौं : देशभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहने विभागको भनाइ छ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ।

तराईका अधिकांश स्थानमा आज पनि हुस्सु लागेको छ।

कतिपय स्थानमा शीतलहर समेत चल्ने विभागले जनाएको छ।

चिसो बढ्दै गएपछि दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने भएकाले आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ। 

माघ ९, २०८० मंगलबार ०७:३७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।