अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएकोमा पाकिस्तानको आपत्ति

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएकोमा पाकिस्तानको आपत्ति

एजेन्सी : अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएकोमा पाकिस्तानले आपत्ति जनाएको छ।

इस्लामिक गणतन्त्र पाकिस्तानको विदेश मन्त्रालयले सोमबार साँझ वक्तव्य जारी गर्दै अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिर निर्माण गरिएकोमा निन्दा व्यक्त गरेको हो।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ- ‘शदियौं पुरानो मस्जिदलाई ६ डिसेम्बर १९९२ मा चरमपन्थीहरुको भीडले ध्वस्त पारेको थियो। दुर्भाग्यवश भारतको सर्वोच्च अदालतले अपराधीहरुलाई रिहामात्र गरेन, मस्जिद जलाइएको ठाउँमा मन्दिर बनाउन अनुमति दियो।’

पाकिस्तानले पछिल्लो घटनाक्रमले भारतीय मुसलमानहरुलाई राजनीतिक र सामाजिक रुपमा सीमान्तकृत गर्दै लगिने चिन्ता बढेको जनाएको छ।

पाकिस्तानले भारतमा हिन्दूत्व विचारधाराको तीव्र लहरले क्षेत्रीय शान्ति र सौहार्दताका लागि खतरा बनेकोसमेत जनाएको छ।

उसले संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरुलाई समेत इस्लामिक धरोहरस्थललाई चरमपन्थीबाट जोगाउन पहल गर्न आग्रह गरेको छ।

माघ ८, २०८० सोमबार २१:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।