१४६ रनको लक्ष्य पछ्याएको एपीएफ ८७ मा अलआउट

१४६ रनको लक्ष्य पछ्याएको एपीएफ ८७ मा अलआउट

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा एपीएफ नेपाल पुलिस क्लबसँग ५८ रनले पराजित भएको हो।

१४६ रनको लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो।

उसका लागि सन्दीप जोराले २५, अमरसिंह रौटेला २३ र प्रज्वल शाहीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पुलिसका बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएकाे पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनायो।

उसका लागि दिलिप नाथले ४४, अर्जुन साउदले ३१ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।

एपीएफका भुवन कार्की तीन, रमेश कुर्सी र अमरसिंह रौटेलाले दुई-दुई विकेट लिए।

हारसँगै एपीएफ ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ। पुलिस भने ४ खेलमा ४ जित दर्ता गर्दै ८ अंकका साथ शीर्षस्थानमा उक्लियो।

माघ ८, २०८० सोमबार २१:११:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।