रविले खुलाएनन् ७५ लाख जम्मा गर्नुको कारण, शेयर किनबेचमा कम्पनी रजिष्ट्रारको कार्यालयलाई झुक्क्याएको स्वीकारे

रविले खुलाएनन् ७५ लाख जम्मा गर्नुको कारण, शेयर किनबेचमा कम्पनी रजिष्ट्रारको कार्यालयलाई झुक्क्याएको स्वीकारे

काठमाडौँ : गोर्खा मिडिया प्रालीको १५ प्रतिशत सेयर खरिद-विक्री प्रकरणमा सोमबार रवि लामिछानेले गोर्खा मिडियाको खातामा सुप्रिम सहकारीबाट एक करोड रकम जम्मा भएकोबारे प्रस्टीकरण दिए। तर ७५ लाखबारे बोलेनन्।

कान्तिपुरले सोमबार सार्वजनिक गरेको विवरणमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको र बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको सार्वजनिक गरेको उल्लेख छ।

कान्तिपुरमा प्रकाशित समाचार, सहकारी ठगी र ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालीको १५ प्रतिशत सेयर किन्दा र बेच्दाको कारोबार केन्द्रित गरेर पत्रकार सम्मेलन आयोजना गरेका थिए।

सो पत्रकार सम्मेलनमा उनले सुप्रिमबाट आफूसहितको नाममा गोर्खा मिडियामा जम्मा भएको एक करोडबारे जानकारी नभएको र शेयर विक्री बापत आफ्नो ग्लोबल आइएमइ बैंकमा जम्मा भएको एक करोड ८० लाख रुपैयाँको चेक डिपोजिट भए पनि पर्याप्त ब्यालेन्स नहुँदा सो चेक बाउन्स भएको विवरण सार्वजनिक गरेका थिए।

कान्तिपुरको समाचारमा तेस्रो ७५ लाखको कारोबार समेत उल्लेख छ। सो कारोबारमा लामिछानेले ७५ लाख गोर्खा मिडियामा जम्मा गरेको उल्लेख छ। पत्रकार सम्मेलनभरि उनी जीवी राईले उनको ग्लोबल आइएमइ बैंकमा जम्मा गरेको एक करोड ८० लाखमा केन्द्रित भए तर ७५ लाखमा प्रवेशै गरेनन्।

पत्रकार सम्मेलनमा उनी र वरिष्ठ अधिवक्ता पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता सुशील पन्त दुवैको भनाई अनुसार शेयर लिँदा होस् या विक्री गर्दा कम्पनी रजिस्टारको कार्यालयमा बुझाउनुपर्ने लेनदेनको प्रमाणका लागि लेनदेनको प्रमाण पूर्याएर झुक्क्याउने काम गरेको देखिन्छ।

कम्पनी ऐन अनुसार शेयर किन्दा वा विक्री गर्दा दुबैपक्षविच भएको बैङ्किङ कारोबारको विवरण पेस गर्नुपर्छ। सोमबार पत्रकार सम्मेलनमा रविले शेयर कारोबारका लागि प्रक्रिया पुर्याउन मात्र त्यस्तो गरिएको स्वीकार गरिएकाले जीवी र रविले सेयर किनबेच गर्दा कम्पनी रजिस्टार कार्यालयलाई झुक्क्याएको पुष्टि भएको छ।

माघ ८, २०८० सोमबार १८:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।