‘रविको खातामा जम्मा भएको एक करोड ८० लाखको चेक बाउन्स भयो’

‘रविको खातामा जम्मा भएको एक करोड ८० लाखको चेक बाउन्स भयो’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो ग्लोबल आइएमइ बैंकको खातामा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्र राई(जीवी) को प्राइम बैंकको चेक जम्मा भएको तर पछि त्यो बाउन्स भएको दाबी गरेका छन्।

पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकको चिठी सार्वजनिक गरेका छन्। सो चिठीमा ‘उनको खातामा एक करोड ८० लाख जम्मा भएकाले क्रेडिट गरिएको र सो चेक इसिसी( इलेक्ट्रोनिक चेक क्लियरिङ) मार्फत चेक क्लियरिङमा पठाउँदा पर्याप्त ब्यालेन्स नहुँदा फिर्ता भएको हुँदा रकम जम्मा नभएको उल्लेख छ।

पत्रकार सम्मेलनमा रविले सेयर किनबेचको मिलाउन कम्पनीले के-के गर्यो होला तर ग्यालेक्सीको १५ प्रतिशत शेयर लिँदा र दिँदा कुनै पनि कारोबार नगरेको दाबी गरेका थिए।

'म सेयर वापत लगानी गर्ने ब्यक्ती हैन। सेयरका लागि कम्पनीले नै सबै मिलाएको हो। यो मैले प्रस्ट भनेँ' उनले भने।

माघ ८, २०८० सोमबार १७:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।