राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल हुने

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल हुने

काठमाडौं : माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ।

एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीका अनुसार दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भइसकेको छ।

जसअनुसार एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउने छ भने राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने छ। एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो।

कोशी सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई उमेदवार बनाएको छ। महिलातर्फ गठबन्धनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्की उमेदवार छिन्।

माघ ८, २०८० सोमबार १६:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।