अयोध्यामा रामको बाल्यकालीन अवतारको प्राण प्रतिष्ठा

अयोध्यामा रामको बाल्यकालीन अवतारको प्राण प्रतिष्ठा

काठमाडौँ : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान् रामको बाल्यकालीन अवतारको मूर्तिमा प्राण प्रतिष्ठा सम्पन्न भएको छ। मन्दिरको गर्भ गृहमा राखिएको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्चपदस्थ व्यक्ति, साधु सन्त र चर्चित व्यक्तिहरू संलग्न छन्।

तस्बिर स्रोत : एएनआइकर्नाटकको शिलामा बनेको रामको बाल्यकालीन अवतारको मूर्ति मैसुरका योगी अरुणराजले बनाएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। मन्दिरमा भगवान् रामको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न भएपछि बाहिर हेलिकोप्टरबाट फूलको वर्षा गरिएको थियो।

मन्दिर निर्माणको काम नसकाई मूर्तिको प्राण प्रतिष्ठा गर्नु धार्मिक रित अनुसार गलत भएको भन्दै सो समारोहमा चारै मठका शङ्कराचार्यहरू भने सहभागी भएनन्।

तस्बिर स्रोत : एएनआइ

माघ ८, २०८० सोमबार १४:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।