ब्रिटिस कलेजले सुरू गर्यो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स

ब्रिटिस कलेजले सुरू गर्यो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स

काठमाडौँ : द ब्रिटिस कलेजले नयाँ शैक्षिक कार्यक्रम बीएससी कम्प्युटर साइन्स अन्तर्गत ‘आर्टिफिसियल इन्टिलिजेन्स’  कोर्स सुरू गरेको छ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रम अनर्सको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो।

‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्यान्ड’, युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको बताइएको छ।

बेलायती राजदूत रोब फेनको उपस्थितिमा कोर्सको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत फेनले भने, ‘युके र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्ग्ल्यान्डको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढावा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ।’

फिनटेक अलायन्स नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा फिनटेकका अध्यक्ष सञ्जीव सुब्बाले कसरी एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्छ भन्नेबारे जानकारी दिए।

त्यस्तै, ब्रिटिस कलेजका सहायक प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले भने, ‘हामीले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सही आकार दिनमा सधैं ध्यान केन्द्रित गरेका छौँ। त्यसैले विश्व भरका उद्योगहरूले एआई प्लेटर्फमहरू अङ्गाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्नेछ।’

माघ ८, २०८० सोमबार १३:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।