प्रधानमन्त्री कप : ७९ रनको रनको लक्ष्य पछ्याएको बागमती १३ ओभरमै विजयी

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेश विजयी भएको छ।
कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो।
उसका लागि इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशी र अशोक पौडेलले अविजित रहँदै क्रमशः १६ र ६ रन बनाए।
कर्णालीका दिवान पुन एक्लैले तीन विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाएर मात्र ७८ रनमा समेटियो।
उसका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बागमतीका बलरले १७ रन अतिरिक्त दिए। बागमतीका लागि रिजन ढकाल एक्लैले पाँच विकेट लिँदा क्रिजन गुरुङले दुई तथा सूर्य तामाङ, प्रतिश जिसी र विपिन आचार्यले समान एक–एक विकेट लिए।
जितसँगै बागमती छ खेलमा ८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित कर्णाली भने पाँच खेलमा चार अंकसहित सातौं स्थानमा छ।
माघ ८, २०८० सोमबार १२:४२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।