लुम्बिनीमा दुई मोटरसाइकल जुध्दा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु

लुम्बिनीमा दुई मोटरसाइकल जुध्दा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु

बुटवल : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लु ५८ प २७२८ र यूपी ५५ एएन १११२ नम्बरको भारतीय मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा सोमबार बिहान एक आपसमा ठोकिदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ टोल हथिहवा बस्ने ४५ वर्षीय शिवकुमार यादव र भारतको सिद्धार्थनगरका २४ वर्षीय धिरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताए।

उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।

बाक्लो हुस्सु र शीतलहरको समयमा तीव्र गतिमा रहेका मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

माघ ८, २०८० सोमबार १०:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।